शिल्पाले किन छविविरुद्ध प्रहरीमा उजुरी दिइन् ?
screennepal
प्रकाशित: २०७६, २५ असार बुधबार
no img

फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच आन्तरिक विवाद छताछुल्ल भएको छ । शिल्पाले पति ओझाविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनीहरुको विवाद सतहमा आएको हो । निर्माता ओझा र शिल्पाबीच लामो अफयेरपछि दुई वर्षअघि गोप्यरुपमा बिवाह गरेका थिए ।
पति ओझाले आफूलाई कुटपिट गरेको आरोप लगाउँदै महानगरिय प्रहरी परिसर टेकुमा उजुरी दिएपछि यी सेलिबे्रटी जोडीलाई बुधबार छलफलका लागि बोलाइएको थियो । शिल्पाले आपसी विवादको क्रममा ओझाले हातपात गरेको आरोप लगाएकी छन् । उनले पतिले आफूलाई ‘कानको जाली फुट्ने गरी’ पिटेको भन्दै मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी थिइन् ।
काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले शिल्पाले उजुरी दर्ता गरेको पुष्टि गरेका छन् । श्रीमानबाट असुरक्षा भएको भन्दै शान्ति सुरक्षा माग गर्दै शिल्पाले उजुरी दर्ता गराएको उनको भनाइ छ ।
शिल्पासँग बिबाह गर्नुअघि छविराज ओझाको तीन जनासँग बिबाह भइसकेको थियो । शिल्पा उनको चौथो पत्नी हुन् । मोडलिङमा प्रवेश गर्दा गर्दै शिल्पा र ओझाबीच चिनजान भएको र उनीहरु नजिकिएका थिए । त्यसपछि ओझाले शिल्पालाई आफ्नो फिल्म ‘लज्जा’मार्फत हिरोइन बनाएका थिए ।
उमेरले निकै अन्तर यी सेलिब्रेटी जोडी केही समययता अलग–अलग बस्दै आएका थिए । स्रोतका अनुसार शिल्पा ओझासँग सम्बन्धविच्छेद गर्न चाहन्छिन् । तर, ओझाले शिल्पासँगको चिसोपनालाई ‘घरायसी खटपट’का रुपमा मात्र लिएको उनी निकटका एक फिल्मकर्मीले बताए ।
हाल शिल्पा चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ । स्रोतका अनुसार शिल्पाले विकास रौनियारलाई दाई बनाएका छन् । उनले तिहारको टिका लगाएर दाई मान्दै आएकी छिन् ।

Comments