नेपाली चेलीले चुमिन ‘मिस टिन भारत’को उपाधि
screennepal
प्रकाशित: २०७६, २२ असार आईतवार
no img

काठमाडौं । अमन गान्धि फिल्म प्रोडक्सनद्वारा भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस टिन भारत २०१९’ को उपाधि नेपाली चेली निकिता थापा मगरले चुमेकी छन् ।

भारतको विभिन्न प्रान्तबाट अनलाईन अडिसनबाट प्रतियोगी छनौट गरी दिल्लीको करोलबाघ मेट्रो भ्यू होटलमा कार्यक्रमको आयोजना गरिएको थियो । निकिताले भारतको सिलिगुडीबाट अडिसन दिएकी थिइन् ।

भारत भरीबाट छनौट भएर आएका २९ प्रतियोगीहरुलाई पछि पादै निकिताले ‘मिस टिन भारत २०१९’ को उपाधि हात पारेकी हुन । निकिता झापाको मेचीनगर– ६ काकरभिट्टाकी स्थाइ बासिन्दा हुन । उनी काँकरभिट्टा उच्च मा.वि कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत छिन् ।

Comments