राजन र मिनाको ‘असारे झरी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, १५ असार आईतवार
no img

राष्ट्रिय धान दिवसको अवसरमा गायक राजन कार्की र मिना तिवारीको स्वरमा रहेको ‘असारे झरी’ बोल गीतको भिडियो सार्वजनिक भएको छ ।
१५ असार अर्थात राष्ट्रिय धान दिवस हिलोमा खेल्ने, माना खाएर मुरी उब्जाउने अनि दही चिउरा खाने दिनलाई स्मरण गर्दै तयार पारिएको ‘असारे झरी’लाई भावसागर क्रियसनले सार्वजनिक गरेको हो ।
अमेरिका निवासी गीतकार अम्बिका गुरुङको शब्द तथा गायक राजन कार्कीको संगीत रहेको उक्त गीतलाई राजन कार्कीले नै एरेन्ज तथा छायाँकन गरेका छन् । किरात बिन्द्राले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा यशु थापा र सलिना भुजेललाई फिचरिङ गरिएको छ ।

Comments