‘मिस गुरुङ इन्टरनेशनल’को खोजी (यस्तोे छ अडिसन तालिका)
screennepal
प्रकाशित: २०७६, १४ असार शनिबार
no img

‘मिस गुरुङ इन्टरनेशनल–२०१९’को खोजी सुरु भएको छ । मृगतृष्णा फेसन एण्ड प्रोडक्शन हाउसद्वारा आयोजित यस प्रतियोगितका लागि केही साताअघि नै आवेदन खुला गरिएको थियो । आयोजकले ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि देशको विभिन्न सहरमा अडिसन लिँदैछ ।
प्रतियोगिताको यस तेस्रो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्षतथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् । उनका अनुसार यही ४ गतेबाट अडिसन सुरु हुँदैछ । तालिकाअनुसार ४ साउनमा इटहरी, ६ गते चितवन र कावासोती (नवलपुर), ७ गते बुटवल, ८ गते पोखरा र १८ साउनमा काठमाडौंमा अडिसन हुँदैछ ।
‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का मा अडिसन दिनका लागि एक सयभन्दा बढीले आवदेन दिइसकेको जनाइएको छ । तीमध्ये ३० जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो २८ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक संस्थाकी अध्यक्ष गुरुङले जानकारी दिइन् ।
सन् २०१४ देखि सुरु भएको यो प्रतियोगिता दुई वर्ष ग्याप भएको थियो । ‘मिस गुरुङ इन्टरनेशनल’लाई प्रतिष्ठित र भव्य बनाउन देशभरीबाट आवेदन लिएको आयोजकले जनाएको छ ।
यस प्रतियोगिताका विजेताले स्कुटीसहित १० लाख रुपैयाँ बराबरको विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय टुरको समेत अवसर पाउने आयोजकले जनाएको छ ।

Comments