SEE रिजल्टमा के भए त करिश्मा मानन्धर र शान्ता चौधरी?
screennepal
प्रकाशित: २०७६, १२ असार बिहीबार
no img

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।बिहीबार परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी नतिजा प्रकाशित गरेको हो । यसवर्ष चर्चित कलाकार र नेतृले पनि परीक्षा दिएका छन् ।

बिहीबार प्रकाशित नतिजनाअनुसार नेकपा नेतृ शान्ता चौधरी र अभिनेतृ करिश्मा मानन्धर पनि उतीर्ण भएका छन् । नेतृ शान्ता चौधरीले बी ग्रेड र अभिनेतृ मानन्धरले बी प्लस ल्याएर उतीर्ण हुनुभएको छ । नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याउनुभएको छ भने करिश्माले ३ ल्याउनुभएको छ ।
गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

Comments