नेपाली मिक्की मिनाज इलिक : जो -यापर भएर चिनिन चाहन्छिन् !
screennepal
प्रकाशित: २०७६, ४ असार बुधबार
no img

पछिल्लो समय नेपालमा पनि -यापरको ट्रेण्ड बढ्दो छ । नेपाली संगीतको फैलिँदो बजारसँगै हिपहप र -यापजस्ता पश्चिमा शैली बोकेको संगीतप्रति युवापुस्ता आर्कर्षित हुँदैछन् ।
नेपालमा यस्ता थुप्रै -यापर गायकहरु जन्मिसकेका छन् । जो संगीतप्रेमी युवाको मनमस्तिकमा बस्न सफल पनि भएका छन् । यमबुद्ध, लाहुरे, भिटेन जस्ता युवा -यापरहरु नेपाली संगीत बजारमा तहल्का मच्चाइरहेका छन् ।
यमबुद्ध त यो संसारमा छैनन् । तर, उनको लोकप्रियता कायमै छ । उनका फ्यानहरु अहिले पनि उनलाई सम्झिरहेका छन् । यसो हुनुमा यमबुद्धले नेपालमा -यापको ट्रेण्डलाई भित्राउनु मात्र नभएर ‘नेपाली संगीतप्रेमीमाझ -याप पनि रुचाइन्छ’ भन्ने उदाहरण पेस गर्नु हो ।
यसरी पछिल्लो समय एक किसिमका युवाहरु -याप संगीतमा रमाउन थालेका छन् । यसैको उदाहरण हो, भिटेन र लाहुरे । तर, यसरी युवा -यापमा रमाइरहेका बेला इलिक तामाङ -याप म्युजिकमा देखिएकी छन् । जो नेपालका लागि सम्भवः पहिलो महिला -यापर हुन् । -यापर यमबुद्धका डाइहर्ट फ्यान इलिक यमबुद्धकै विषयमा -याप समेत तयार गरेकी छन् ।
बलिउड र हलिउडमा यस्ता थुप्रै्र महिला -यापरहरु क्रियाशील छन् । उनीहरुले नाम, दाम र शान पनि कमाइरहेका छन् । यस्तै, अब नेपाली संगीत क्षेत्रमा इलिकले आफूलाई जमाउने प्रयास गरिरहेकी छन् ।
दोलखाको चरिघ्याङकी इलिक भर्खरै १६ वर्षको भइन् । हाल कालिन्चोक उच्च मावि चरिकोटमा १२ कक्षामा अध्ययनरत इलिकका अनुसार उनी सानैदेखि -याप संगीतमा रुचि राख्थिन् । तर, जब यमबुद्ध जस्ता -यापरहरुले नेपाली संगीतको क्षेत्रमा चर्चा कमाए, तब उनलाई पनि -याप संगीतले मोहित बनाउँदै लग्यो ।
इलिक निकै राम्रो गाउँछिन् । उनको -याप गायनशैली हलिउडकी मिक्की मिनाजकै जस्तो छ । सायद उनी मिक्कीको प्रभाव समेत हुनसक्छ । तर, उनी भने आफूलाई यमबुद्धको फ्यान भएको बताउँछिन् । यति मात्र नभएर नेपालमा -याप संगीतको भविष्य समेत उनी उज्ज्वल देख्छिन् । उनी भन्छिन्, ‘म -यापर भएरै चिनिन चाहन्छु ।’

Comments