दीपा सुहाङको ‘कस्तो माया दियौँ…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, ४ असार बुधबार
no img

गायिका दीपा सुहाङको स्वरमा ‘कस्तो माया दियौँ’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अशोक क्षेत्रीको शब्द र एकान्त आङ्देम्बेको संगीत रहेको छ ।
सुमधुर स्वरकी धनी दीपा पछिल्लो समयकी उदाउँदी गायिका हुन् । थुप्रै गीतहरुमा आफ्नो स्वर दिइसकेकी दीपाको यो पछिल्लो गीतको भिडियोमा उमेश राईका अलावा संगीता सुहाङ र गायिका दीपा सुहाङकै अभिनय रहेको छ । भिडियोमा सरिता प्रजापतिको शृंगार, इशक जबेगुको छायाँकन, सम्पादन र निर्देशनमा तयार भएको यस भिडियोलाई गायक समेत रहेका एकान्त आङ्देम्बेको अफिसियल यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Comments