राजेशपायलको स्वरमा ‘दिक्तेल बजार-२’
screennepal
प्रकाशित: २०७६, ४ असार बुधबार
no img

आधुनिक गीत गजलका चर्चित संगीतकार डीआर अटुको अर्को पुर्बेली लोकगीत ‘दिक्तेल बजार–२’ को भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा चर्चित गायक राजेशपायल राईको स्वर रहेको छ । ‘दिक्तेल बजार’ यसअघिको चर्चित गीत हो ।
उक्त गीतकै सिक्वेलका रुपमा ‘दिक्तेल बजार–२’ गीत निकालिएको हो । यसअघिको ‘दिक्तेल बजार’मा पनि शब्द र संगीत डीआरकै थियो । यसमा भने शब्द प्रेमप्रसाद भट्टराईको रहेको छ भने संगीत डीआरको छ । गीतमा खोटाङ जिल्लाको विभिन्न पर्यटकिय एवं धार्मिक सम्पदाको वर्णन गरिएको छ ।
संगीतकार डिआर सर्जक तथा संगीतप्रेमीले रुचाएका संगीतकार हुन् । विषेशगरी पुर्वेली लोक गीतका लागि उनी चर्चित छन् । उनका गुडी जाने रेल, चौबन्दी चोलीले, दिक्तेल बजार, माथीमाथी हिमाली भेगमा, स्कुले जीवन, हिँडिजाने बटुवा, एक्ले वर, माया हजुर, सोल्टिनीज्युजस्ता दर्जनौ चर्चित लोक गीतहरु छन् । गायक राजेशपायललाई त नेपाली गायन क्षेत्रका मेगास्टार नै मानिन्छन् ।

Comments