‘केः’ अर्थात च्याब्रुङ ‘उत्कृष्ट फिल्म’
screennepal
प्रकाशित: २०७६, २७ जेष्ठ सोमबार
no img

लिम्बू समुदायको सांस्कृतिक तथा मौलिक बाजा ‘केः’ अर्थात च्याबु्रङको कथा उनिएको फिल्म ‘केः’ दर्शकले निकै रुचाए । यो फिल्म राजधानीमा आयोजित ‘तेस्रो आदिबासी जनजाति चलचित्र महोत्सव–२०७६’मा उत्कृष्ट ठहरिएको छ ।
सागर केरुङ निर्देशित फिल्म ‘केः’मा पुर्वी पहाडी जिल्लामा बसोबास गर्दै आएका लिम्बू समुदायले ‘केः’का लागि राज्यसँग गरेको संर्घषको एउटा पाटोलाई केलाइएको छ ।
आदिवासी फिल्म तथा संस्कृतिको पवद्र्धन र विकासमा टेवा पु¥याउने उद्देश्यले नेपाल आदिवासी जनजाती चलचित्र महासंघद्वारा आयोजित महोत्सवमा विभिन्न आठ विधामा पुरस्कार प्रदान गरिएको थियो । फिल्म ‘केः’मा इसन केरुङ र बुद्धराज लिम्बूको निर्माण रहेको छ भने फिल्ममा सागर केरुङ, बबिता फोम्बो, कमल घिमिरे, रुपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङलगायतको अभिनय रहेको छ ।
त्यस्तै, महोत्सवमा राई संस्कृतिमा आधारित फिल्म ‘यारी’बाट युवराज राईले ‘उत्कृष्ट छायाँकार’ अवार्ड पाएका छन् । यो फिल्मको निर्देशन पनि राईले गरेका हुन् । उत्कृष्ट कलाकार महिलातर्फ बिनिता थापा मगर र पुरुषतर्फ बलबहादुर गुरुङ ‘उत्कृष्ट’ भए । उत्कृष्ट निर्देशकको अवार्ड भने जसमाया गुरुङले पाएकी छन् । उनले गुरुङ फिल्म ‘म्ले क्यु’बाट अवार्ड पाएकी हुन् ।
त्यस्तै, ‘पब्लिक च्वाईस अवार्ड’ गुरुङ फिल्म ‘रिजेनासा’ले पाएको छ । गुरुङ समुदायका तीन जना साथीको कथालाई चित्रण गरिएको उक्त फिल्मलाई प्रितम गुरुङले निर्देशन गरेका हुन् ।
विजेताहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशव भट्टराईले पुरस्कार प्रदान गरेका थिए । आयोजक संस्थाका अध्यक्ष अमृतबहादुर सुनुवारले महोत्सव भव्य र उत्साहजनक भएको भन्दै खुसी व्यक्त गरेका छन् । तीन दिनसम्म चलेको महोत्सवमा विभिन्न आदिवासीका २० वटा लामा तथा छोटा चलचित्र स्क्रिनिङ गरिएको थियो ।

Comments