झनै निखारिए आइन् जिग्मे (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २३ जेष्ठ बिहीबार
no img

गीतकार दर्पण राईको बहुचर्चित गीत ‘तिम्ले बाटो फेरेउ अरे’मार्फत चर्चामा आएकी बालगायिका जिग्मे छ्योकी घिसिङ फेरि यही गीतमा देखिएकी छन् । तर, यसपटक उनी ‘तिम्ले बाटो फेरेउ अरे–२’मा देखिएकी हुन् ।
गीतकार दर्पणको उक्त ब्लकबस्टर गीतको चाइल्ड भर्सन गाएर लौखौँ श्रोता तथा दर्शकको प्रिय बनेकी जिग्मेले यसपटक झनै आफ्नो स्वरको जादू देखाएकी छन् । मोडल तथा म्युजिक भिडियो निर्देशकसमेत रहेका दर्पणले गायनमा डेब्यु गराएकी जिग्मेले पहिलोपटक नै श्रोता तथा दर्शकको मन जित्न सफल भएकी थिइन् ।
‘तिम्ले बाटो फेरेउ अरे’लाई विभिन्न भर्सनमा गाइएको छ । मेल भर्सनमा मेगास्टार राजेशपायल राई र फिमेलमा अहिलेकी चर्चित गायिका मेलिना राईलगायतले उक्त गीत गाएका छन् । यही गीतलाई जिग्मेले पहिलोपटक आफ्नो बालस्वर दिएर चर्चामा मात्र आइनन्, उनी नेपाली गायन क्षेत्रमा स्थापितसमेत भइन् ।
पछिल्लो दिनहरुमा विभिन्न बाल गीतहरु समेत गाउँदै आएकी जिग्मेले यसपटक आफ्नो स्वरलाई झनै निखारिएकी छन् । ‘तिम्ले बाटो फेरेउ अरे’जस्ता ब्लकबस्टर गीत गाउन पाउँदा उनी दंग छिन् । यस गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले निर्माण तथा प्रस्तुत गरेको हो ।

Comments