प्रेम गीत ३ अन्तिम चरणको लागी को को छानिएलान् फोटो सहीत..
movie desk
प्रकाशित: २०७६, २१ जेष्ठ मंगलवार
no img

फिल्म प्रेम गीत ३ का लागि फिमेल क्यारेक्टर ‘गीत’ का लागि अडिसन भैरहेको छ ।  २९ गते सुरु भएको अडिसनमा अहीले सम्म १२ जनाले भाग लिएका छन् भने आजको अडिसन ११ बजे बाट सुरु हुनेछ  भने २५ जनाबाट विदेशमा भएका ७ जनाको अडिसन भने भिडियो इमेल गरेर पुर्व निर्धारित तरिकाबाट नै गरिने छ । हिजो अडिसनमा सहभागी भएका समुर्ण प्रतियोगीको प्रस्तुति उत्कृस्ट रहेको निर्माण टिमले बताएको छ । सबै एक से एक रहेको र कोहि कसै बीच पनि धेरै अन्तर रहेको छैन ।

अडिसन पश्चात छानिएका उत्कृस्टलाइ राखेर वर्कशप गराइने छ । सुटिंग हिमाली जिल्लामा हुने भएको कारण स्वास्थ्य अवस्थालाइ समेत ध्यान दिइएको निर्माता, निर्देशक सन्तोष सेनले बताएका छन् ।

निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो फिल्म छायांकनको तयारीमा रहेको छ । फिल्ममा मुख्य नायकको रुपमा प्रदिप खड्का रहने भएता पनि निर्माण टिमले भने केही खुलाएको छैन । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको यो निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर पर्दशनमा आउने छ ।

Comments