सन्तोष सेन को यो के तरिका हो ..?
movie desk
प्रकाशित: २०७६, १३ जेष्ठ सोमबार
no img

नेपाली फिल्म इण्डस्ट्रिज यस्तो एउटा क्षेत्र भै सक्यो  जहाँ हल्ला फन्डा को पछी धेरै लागिन्छ । चलचित्र कर्मी मात्र हैन चलचित्र को फ्यान हरु पनि उत्तिकै रुपमा पछी लगेको पाईन्छ ।  चलचित्र क्षेत्र मा कलाकार को फ्यान हुनु स्वभाविक मानिन्छ तर यही क्षेत्र मा एउटा यस्तो भै दियो कि दर्शक अब कलाकार को मात्र हैन निर्माता र फिल्म प्रोडक्सन हाउस को पनि बिग फ्यान बनिदिए ,यस्को ज्वलन्त उदाहरण हो प्रेम गीत फेम्ड  निर्माण गर्ने आसुसेन फिल्म्स प्राली , यो ब्यानर को पछी लाग्ने निर्देशक र कलाकार मात्र हैन देशै भरिका सबै उमेर समुह का दर्शक यस्का फ्यान बनेका छन भन्ने प्रमाणित भएको छ । यस ब्यानर ले निर्माण गरेको फिल्म चंखे  संखे पंखे ,प्रेम गीत ,प्रेम गीत – २ ,मेरी मामु र अहिले अघोशित फिल्म प्रेम गीत -३ रहेको छ । पहिलो चलचित्र बाट सोचे जस्तो सफलता हासिल नगरे पनि प्रेम गीत र प्रेम गीत-२ ले भने सबै दर्शक को माया र साथ पाएको कुरा लाई नकार्न सकिन्न । चौथो कोसेली ‘मेरी मामु’ ले बक्स अफिस मा सन्तोष जनक ब्यापार गरे पनि ,दर्शक को माया र साथ को कारण प्रेम गीत-३ निर्माण मा जुटेको यो टिम ले यती बेला सर्बत्र चर्चा मा रहेको छ । चर्चा यसकारण  छ कि प्रेम गीत -३ औपचारिक रुपमा घोषणा हुन बाँकी हुँदा हुँदै पनि , रिलिज डेट तोकिनु , र नयाँ नायिका खोजिनु ,यो कुरा ले अहिले नेपाली चलचित्र बजार खुब तातेको छ । प्रेम गीत मा पनि नायक प्रदिप खडका अडिसन बाट नै आएका हुन । देश भरी बाट नव नायिका खोज्ने क्रम मा प्रेम गीत -३ का लागि ‘गीत’ नव नायिका को खोजी गरिएको थियो । मुख्य नायिका को  लागि गरिएको आवेदन आह्वानमा दुई हजार ७१४ युवतीले आवेदन दिएका थिए । त्यस मध्ये बाट हाल २५ नायिका छनिएका छन । चाख लाग्दो कुरा के छ भने आवेदन दिने मध्य बाट पनि पहिले नै ठुलो पर्दा मा अभिनय गरेका दर्शक सँग चिर परिचित अनुहार ले पनि प्रतियोगिता मा भाग लिएका थिए । आवेदन दिएकाहरु मध्येबाट उत्कृष्ट २५ युवतीलाई अडिसनका लागि छनोट गरिएको छ ।

   नेपाली चलचित्र बजार मा कुनै न कुनै नयाँ कुरा गर्न मन पराउने र गर्दै आउनु भएका निर्माता सन्तोष सेन , प्रेम गीत -२ देखी केही नयाँ नयाँ गरदै , आफु पनि प्रत्यक्ष रुपमा जोडीदै आएका छन , । प्रेम गीत -२ मा अभिनय र प्रेम गीत -३ मा निर्देशक को रुप मा आउँदैछन । प्रेम गीत -३ को निर्माण को अनौपचारिक घोषणा सँगै यस फिल्म को चर्चा मिडिया ले मात्र हैन फ्यान् हरु ले पनि उत्तिकै रुपमा गरिरहेका छन । सामाजिक सन्जाल को भित्ता मा होस् या प्रोफाइल फोटो राखेर प्रेम गीत -३ को चर्चा चुलिदै छ । नेपाली चलचित्र क्षेत्र मा नयाँ हुन सक्छ , सेन ले निर्माण घोषणा पूर्व नै रिलिज डेट समेत तोकी सकेकाछन , फिल्म चैत्र २८ २०७६ मा रिलिज हुने छ । आसुसेन फिल्म्स को ब्यानर मा निर्माण हुन लागेको फिल्म मा निर्देशक को रुपमा निर्माता सेन ले डेब्यु गर्दैछन भने क्षेतन गुरुङ सँग संयुक्त रुपमा निर्देशन गर्दैछन । नायक को रुपमा सम्भवत प्रदिप खडका रहने फिल्म को नयाँ नायिका भने उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात चलचित्रको ‘गीत’ पात्रका लागि एक जना छनोट गरिनेछ सेन ले बताएका छन । निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २ हजार ७१४ जनाबाट उत्कृष्ट २५ छनोट गरेको मध्ये बाट फिल्म को औपचारिक घोषणा गरेको दिन नायिका को पनि घोषणा गरिने निर्माता तथा निर्देशक सन्तोष सेन ले जानकारी दिएका छन ।   


https://www.youtube.com/channel/UCsKCH7LkVLt8wrrgeZYrA8g
1KSHARES
प्रतिकृया दिनुहोस

‘आप्पा स्टोरी च्यालेन्ज’ शुरु ,, फिल्म असार १३ बाट प्रदर्शन मा ,

हार्ट एफ.एम   87.6 Mhz धरान    नेपाली चलचित्र बजार सानो भए पनि धेरै फिल्म हरु निर्माण भइरहेको छ । साना ठुला बजेट मा बनेका फिल्म हरु ले पनि बिभिन्न तरिका 

दोस्रो हप्ता मा पनि हाउसफुल का साथ ‘जात्रै जात्रा’

हार्ट एफ.एम   87.6 Mhz धरान   चलचित्र ‘जात्रै जात्रा’ समीक्षा   – अर्जुन भुसाल काठमाडौँ, ११ जेठ (रासस) ः     नेपाली चलचित्र 

‘जात्रै जात्रा’ दोस्रो साता प्रवेश लगतै मोफसल टुर पोखरामा

अहिले देशभर चलचित्र ‘जात्रै जात्रा’ कै चर्चा छ । टेलिभिजन, एफ एम रेडियो, पत्रपत्रिका, अनलाईनमा मात्र नभएर मोबाईलको कलर रिङ ब्याक टोन र सडक-सडकमा 

सम्पर्क

HeartFM

हाम्रो टिम

मेनु

सामाजिक संजाल

© 2018 HeartFM. All Rights Reserved.

Site By: i-Tech Nepal


Comments