दक्षिण कोरियामा व्यस्त तायाहाङ्मा, आज गिम्हेमा गुञ्जिँदै
screennepal
प्रकाशित: २०७६, ११ जेष्ठ शनिबार
no img

गायिका तायाहाङ्मा राई दक्षिण कोरियामा व्यस्त भएकी छन् । एक साताअघि त्यहाँ पुगेकी उनले दर्शकको मन समेत जितिरहेकी छन् ।
केही दिनअघि मात्र त्यहाँ ‘एकल सांगीतिक सा“झ’मा गुञ्जिएकी उनी २५ मे अर्थात (आज) र २ जुनमा पनि एकल सा“झमा उत्र“दैछिन् । यसअघि उनी दक्षिण कोरियाको तेश्रो ठूलो शहर देगुस्थित तारा रेस्टुरेन्टमा गएको शनिबार सा“झ गुञ्जिएकी थिइन् । जहा“ आफ्नो गायनबाट दर्शकलाई नचाउन सफल भएकी थिइन् अनलाइनमा कुरा गर्दै गायिका तायाहाङ्माले भनिन्, ‘कार्यक्रममा सोचेभन्दा राम्रो भयो । अब हुने कार्यक्रममा त्यस्तै माया र साथ पाउने अपेक्षा गरेकी छु ।’
यही गएको १४ मेमा कोरिया पुगेकी तायाहाङ्मा आज शनिबार गिम्हेमा ‘तायाहाङ्मा एकल साँझ’मा प्रस्तुत हुँदैछिन् । गायिका तायाहाङ्माको तिमी मेरो सामु आउ“दा, लाम त माया, हरेक दिन, कुरिरहे“, मायाको गहिराई, डम्फु र सेलोको तालैमा, मेरो खुशी जीबनको जस्ता दर्जनाँै चर्चित गीत छन् । तिनै गीतहरु उनले आफ्नो एकल साँझमा प्रस्तुत गर्दै आएका छन् ।

Comments