बलिउडकी नेहा कक्कड काठमाडौंमा गुञ्जिँदै
screennepal
प्रकाशित: २०७६, ७ जेष्ठ मंगलवार
no img

बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलोपटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष प्रस्तुत हुने भएकी छन् ।
२५ सय दर्शक क्ष्ँमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी यही शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।
आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलद्वारा विज्ञप्तीमा जनाइएअनुसार गायिका ‘नेहा कक्कड लाइभ’ कार्यक्रम शनिबार राती ८ बजेपछि प्रँरम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड २४ जेठमा आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।
आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार कन्सर्टमा कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको ईन्डियन आईडलका टप टेन प्रतिस्पर्धीहरुसमेत कुल १८ जना संगीतकर्मीहरुको समुहले नेहा कक्कड लाइभमा आफ्नो शानदार प्रस्तुती दिनेछ ।
ढुंगेलका अनुसार नेहा कक्कड लाइभमा नेपाली गायक–गायिकाहरुको पनि सहभागिता रहने छ । कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भइसकेको छ । यसअघि दीपक घिमिरेले बलिउडका लोकप्रिय गायक कुमार सानुलाई नेपाल ल्याएर भव्य सांगीतिक कार्यक्रममार्फत प्रस्तुत गरिसकेको छ ।

Comments