पत्रकार डिबी खड्काको अर्को डेउडा (भिडियो)
screennepal
प्रकाशित: २०७६, २३ बैशाख सोमबार
no img

रामचन्द्र काफ्ले र अनिता चलाउनको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक भएको छ । विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन् ।
म्युजिक भिडियोको निर्देशनमा शंकर विसी दोहोरिएका छन् । यो समूहको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’ जस्ता चर्चित गीतमा पनि बिसीले भिडियो निर्देशन गरेका थिए ।
म्युजिजक भिडियोमा शंकरकासाथै लोकदोहोरीका चर्चित महिला नृत्यंगाना फिचर भएका छन्। शंकरसँग अञ्जली अधिकारी, रिना थापा, करिष्मा ढकाल र आरुषी मगरले नृत्य गरेका छन् । भिडियोमादुर्गा पौडेलको सिनामाटोग्राफी रहेको छ ।
मालश्री रेकर्डिङ स्टुडियो रेकर्ड भएको गीतलाई अनिता चलाउनेले प्रस्तुत गरेकी हुन् ।

Comments