करिश्मालाई ‘भुँइफूल’ मन परेपछि…
screennepal
प्रकाशित: २०७६, २३ बैशाख सोमबार
no img

भुमेथान फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा फिल्म ‘भूइफूल’ निर्माण हुने भएको छ । फिल्मको बागबजारस्थित हेल्लो क्याफेमा एक कार्यक्रमबीच शुभमुर्हूत गरिएको छ ।
नेपाली फिल्म क्षेत्रकी सदाबहार अभिनेत्री करिश्मा मान्नधरले एक्सन कट गरेपछि फिल्मको मुर्हुत गरिएको थियो । मुर्हुत कार्यक्रममा नृत्य निर्देशक गोबिन्द राईले क्ल्याप पड्काएका थिए भने चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाए ।
नेत्र सन्त्यालको लेखन निर्देशनमा बन्न लागेको फिल्मको प्रस्तुतकर्ता सरिता राई हुन् । फिल्मका निर्माता उर्मिला वान्तवा राई रहेकी छन् । फिल्ममा गोविन्द प्रभात, नरेन खड्का, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापा, चन्दा राई, पुर्णिमा लामालगायतको मुख्य अभिनय रहने बताइएको छ ।
१० वर्षे द्वन्द्वकालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका बिभिन्न समुदायमध्ये दलित समुदायमा हुने उतार–चढाप तथा राज्यले गरेको विभेदको बिषयलाई फिल्ममा उठाउन खोजिएको बताइएको छ । यही २५ वैशाख अर्थात बुधबारबाट फ्लोरमा जाने फिल्मको धरान, झापा र काठमाडौंमा छायाँकन हुनेछ ।
फिल्ममा रामेश्वर हुमागाइँको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीका गीत रहने फिल्मका कास्टिङ निर्देशक अमृत मान महर्जन रहेका छन् ।
थुप्रै फिल्ममा सहयोगी निर्देशकको रुपमा काम गरेका नेत्र सन्त्यालले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । दर्शक तथा समिक्षकको रुचि ध्यानमा राखेर आफुले फिल्म बनाउन लागेको निर्देशक सन्त्यालले बताए ।
कार्यक्रममा अभिनेत्री करिश्मा मान्धरले फिल्मले उठाउन खोजेको बिषयबस्तु मनपरेको बताइन् । उनले फिल्मको कथाबस्तु मनपरेकाले मूर्हूत कार्यक्रममा आफु सहभागी भएको समेत बताइन् ।

Comments