प्रकाश र सुनिताले ल्याए ‘लुरुरु हुरुरु’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २२ बैशाख आईतवार
no img

लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोकदोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ ।
प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् ।
सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाखभन्दा बढी दर्शकले युट्युवमा यो गीत हेरिसकेका छन् । पहिलो दिनमै गीत रुचाइएपछि निर्माण टिम उत्साहित बनेको छ ।
‘बोल माया’ दोहोरी ब्याटलजस्ता दर्जनौँ सिर्जनात्मक गीतबाट चर्चामा रहेका सपुतले यस गीतलाई पनि दर्शकले अत्याधिक मन पराउने विश्वास लिएका छन् ।
यसैगरी ‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले पनि दर्शकको माया पाउने आशा गरेकी छन् ।
भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्ट निर्देशनमा मिहिनेत गरेका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत संयोजन गरेका छन् ।

Comments