प्रसुन बडाल भइन् ‘राइजिङ स्टार’
screennepal
प्रकाशित: २०७६, १५ बैशाख आईतवार
no img

क्रिएटिभ वल्र्ड नेपालको आयोजनामा भएको राईजिङ स्टार–२०१९ को उपाधि प्रसुन बडालले जितेका छन् । काठमाडौंको जोरपाटीस्थित टाइमलाइन स्कुलमा कक्षा ८ मा अध्ययनरत प्रसुनले आफ्ना ८५ जना प्रतिश्पर्धीलाई उछिन्दै शिर्षउपाधिसहित ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा सिनियरतर्फ एसियन पब्लिक स्कुल अनामनगरमा कक्षा ८ मा अध्ययनरत दृष्टि श्रेष्ठ र टाइमलाइन स्कुलमा कक्षा ६ मा अध्ययनरत आयुष्मा राई क्रमश फस्ट र सेकेण्ड रनरअप हुन सफल भए । त्यस्तै जुनियरतर्फ जेम्स स्कुल धापाखेलमा कक्षा ५ मा अध्ययनरत पल्सा खड्का र इडनब्रिज एकेडेमी धापासीमा कक्षा ३ मा अध्ययनरत करुणा राईले क्रमश फस्ट र सेकेण्ड रनरअपको उपाधि पाए ।
राजधानीका विभिन्न स्कुलमा कक्षा १ देखि १० सम्म अध्ययनरत ८६ बालबालिका प्रतियोगितामा सहभागी थिए । उनीहरुको प्रस्तुतिलाई मिस मंगोल नेपाल २०१८ जाङमु शेर्पा, कोरियोग्राफर सुमनसागरजंग केसी, गायिका प्रविशा अधिकारी, चार्टर एकाउण्टेन दिलिप घिमिरे, चलचित्र निर्मात्री एवं अभिनेत्री रोशनी केसी, राईजिङ स्टार २०१६ की बिजेता अनुस्का मानन्धर र राईजिङ स्टार २०१७ का बिजेता असल अधिकारीले मुल्यांकन गरेका थिए । कार्यक्रममा पपगायक धीरज राई, राईजिङ स्टारका पूर्वबिजेता स्मेरा सिं, अनुष्का मानन्धर, असल अधिकारी र अस्मिता खड्कालगायतको सांगीतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा क्रियटीभ वल्र्डका प्रबन्ध निर्देशक प्राज्ञ शान्तिराम राईले बालबालिकाको आत्मविश्वास, व्यक्तित्व विकास, बौद्धिक विकास र प्रतिभाको विकासले भविश्यमा राष्ट्र निर्माणमा सघाउ पु¥याउन मद्धत पुग्ने बताए ।

Comments