जब अनुपविक्रम डिएसपी अमन सिंह बने (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७६, १५ बैशाख आईतवार
no img

काठमाडौं, १५ बैशाख । यही आउँदो १७ जेठबाट रिलिज हुने फिल्म ‘कप्स’को अफिसियल ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । अनुपबिक्रम शाही अभिनित यो फिल्मको अफिसियल ट्रेलर हेर्दा फिल्म एक्सनप्रधान जनरामा केन्द्रित देखिन्छ ।
एक्शन तथा लभस्टोरी कथा मिश्रित ट्रेलरमा अनुपबिक्रम शाही प्रहरी नायब उपरीक्षकको भूमिकामा देखिएका छन् । यस फिल्ममा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । सत्य सेवा सुरक्षणम् नारा बोकेको यस फिल्ममा अपहरणकारी, भ्रस्टाचारी, गुण्डागर्दीबिरुद्ध अनुपलाई उतारिएको ट्रेलरमा देखिन्छ ।
सम्राट सापकोटाले निर्देशन गरेको यस फिल्ममा अनुपसँगै सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लुविक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । फिल्मलाई राम शाक्यले निर्माण गरेका हुन् । सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको कप्समा निर्देशक साम्राट सापकोटाकै लेखन रहेको छ ।

Comments