संगीतकार दिपविनको निधन
screennepal
प्रकाशित: २०७६, १० बैशाख मंगलवार
no img

एक समयका चर्चित संगीतकार मदन दीपविमको निधन भएको छ । इलाममा जन्मिएका दीपविम पछिल्लो समय अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । उनको हृदयाघातको कारण निधन भएको परिवारले जनाएको छ ।
उनकी छोरी गायिका ममता दीपविमसँगै अमेरिकामा उनी बस्र्द आएका थिए । दिपविनले ‘सुरिलो रुख सल्लै हो’, ‘तिम्रै यादमा कल्पी कल्पी’, ‘झस्केर दुख्छ’ ‘के भूल भयो पिीया’जस्ता चर्चित तथा कलाजयी गीतहरुमा संगीत दिएका छन । उनी केही समय रेडियो नेपालमा समेत जागिर थिए ।

Comments