मौसमको यसरी बन्यो ‘घरजम’
screennepal
प्रकाशित: २०७६, ७ बैशाख शनिबार
no img

नेपाली फिल्म ‘घरजम’ छायाँकन सकेर पोस्ट प्रोडक्शनमा पुगेको छ । यस फिल्मलाई एक दशकदेखि हङकङमा बस्दै आएका कलाकार तथा निर्देशक मौसम इम्बुङले निर्देशन गरेका हुन् । शोसल मिडियामा ‘फुलेन्देको बाबु’का रुपमा चर्चित मौसम लामो समयपछि ‘घरजम’मार्फत फिल्मी दुनियाँमा कमब्याक गरेका हुन् ।
फिल्म ‘घरजम’को निर्माता तथा प्रस्तुतकर्ता किशोर पन्धाक र सीता तुम्बापो पन्धाक हुन् । उनीहरु पनि लामो समयदेखि विदेशमै बस्दै आएका छन् । विदेशमा बसेर नेपाली कला, संस्कृति र आफ्नो पुर्खौली थलोप्रतिको स्नेहलाई जगाउँदै नेपाली फिल्म ‘घरजम’ निर्माण गरेको उनीहरुको भनाई छ ।
‘घरजम’मा पुर्वी नेपालको जनजीवनलाई समेटिएको छ । विशेषगरी एक लिम्बू परिवारभित्र हुने घरजमको सन्दर्भलाई फिल्ममा उतारिएको निर्देशक मौसमले बताएका छन् । यस फिल्ममा कवि तथा कथाकार उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’मा समेटिएको कथावस्तुका केही अंशलाई समेटिएको बताइन्छ । ‘घरजम’को छायाँकन पाँचथरको याङ्वरक र उपत्यकाको ललितपुरमा गरिएको छ ।
कुशल इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई आगमी साउनमा प्रदर्शनमा ल्याउने निर्माणपक्षको लक्ष्य रहेको छ ।
फिल्ममा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, कुशल थलङ, सुस्मा लिम्बू, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।
यस फिल्मका लागि मुख्य सहायक निर्देशन रवि शेर्माले गरेका छन् । फिल्ममा कोरियोग्राफर दिनेश माङ्मु, छायाँकन युवराज राई, शृंगार विनोद तामाङ, कास्टिङ डाइरेक्टर सिर्जना सुब्बा, कला निर्देशक शैलेन्द्र थेबे र प्रोडक्सन म्यानेजर विमल धमला रहेका छन् ।

Comments