डियर लभ : पहिलो प्रेम नै अन्तिम होइन ! (टिजरसहित)
screennepal
प्रकाशित: २०७५, २८ चैत्र बिहीबार
no img

नेपाली वेभ सिरिज ‘डियर लभ’को टिजर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक समारोहबीच टिजर रिलिज गरिएको हो ।
अभिनेता रमेश उप्रेतीको आतिथ्यमा आयोजित टिजर रिलिज कार्यक्रममा ‘डियर लभ’को रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यो वेभ सिरिज नया“ वर्षको १५ बैशाख १५ गते रुबुशा च्यानलबाट रिलिज हुने भएको छ ।
रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतीमा गायक रुकमान लिम्बूको निर्माण रहेको ‘डियर लभ’ विशुद्ध प्रेमकथामा आधारित वेभ सिरिज हो । रुकमानकै निर्माण रहेको ‘डियर लभ’मा विवेक रसाइ“लीको कथा तथा निर्देशन रहेको छ । कार्यक्रममा ‘डियर लभ’ मा के छ भन्ने समेत खुलाइएको छ ।
कार्यक्रम प्रस्तोता याङ्जोम शेर्पाले फिल्म ‘डियर लभ’बारे यसरी ख्ुलासा गरिन् । उनले भनिन्, ‘डियर लभले पहिलो प्रेम नै अन्तिम प्रेम नभएको सन्देश दिन्छ ।’ उनले कतिपय प्रेमी प्रेमिका फस्ट लभ सफल भएन भने फ्रस्टेसन हुने भएकाले यो ‘डियर लभ’ले प्रेम गर्नेहरुका लागि उर्जा प्रदान गर्ने सुनाइन् ।
निर्देशक रसाइँली पनि त्यही कुरा दोहोराए । उनले भने, ‘यो युवापुस्ता केन्द्रित निर्माण गरिएको सिरिज हो । यो फिल्मले पहिलो प्रेम नै अन्तिम प्रेम होइन भन्ने सन्देश दिन्छ ।’
कार्यक्रममा बोल्दै निर्माता तथा गायक रुकमानले भने, ‘यो सिरिज बनाउ“दा जति दुःख र सास्ती खेप्नुपरेको थियो, उस्तै दर्शकले पनि रुचाइदिनेछन् भन्ने अपेक्षा गरेको छु ।’ उनले सिरिज १० एपिशोडसम्म तयार भएको बताए ।
‘डियर लभ’मा अधिकांश नयाँ कलाकारलाई देख्न सकिन्छ । ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरालगायतका कलाकारले अभिनय गरेका छन् ।
रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको ‘डियर लभ’ हाल निर्माण भइरहेका नेपाली फिल्मकै क्वालिटीमा छ । आफ्नो पहिलो वेभ सिरिज भएकाले निर्माण तथा प्राविधिकमा कुनै कन्जुस्याइँ नगरेको निर्माता रुकमान लिम्बूले बताए ।

Comments