रेर्कड तोड्दै ‘ब्ल्याकपिंक’को लेट्स ‘किल दिस लभ’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २६ चैत्र मंगलवार
no img

केही दिनयता एक कोरियन गीतको भिडियोले विश्वभर तहल्का मच्चाइरहेको छ । जुन गीतले अहिलेसम्म यु–ट्युबमा सबैभन्दा धेरै हेरिएको ‘गंगनम स्टाइल’को रेकर्डलाई समेत तोडेको छ ।
दक्षिण कोरियाली पप ब्याण्ड ‘ब्ल्याकपिंक’ले निकालेको गीतले उक्त रेर्कड तोडेको हो । यो ब्याण्डले हालै ‘लेट्स किल दिस लभ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको थियो । जुन गीत तथा भिडियोलाई संसारका दर्शकले यति धेरै हेरिसकेका छन् कि अहिलेसम्को रेकर्डले दुनियाँलाई अचम्म बनाएको छ ।
यो गीतले पपस्टार साई र आरियाना ग्रान्देको रेकर्ड पनि तोडेको छ । उक्त भिडियो यो समाचार बनाइरहँदा १३३८९५२५८ ले हेरिसकेका छन् । यो भिडियो यही ४ अप्रिलमा रिलिज गरिएको हो ।

Comments