शिवको ‘मेरो भागको खुशी तिमीलाई’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, २१ चैत्र बिहीबार
no img

नेपाली आधुनिक सुगमसंगीतका चर्चित गायक शिव परियारको स्वर रहेको ‘आँशुको अर्थ–२’मा समावेश एक गीतको भिडियो सार्वजनिक भएको छ ।
‘मेरो भागको खुशी तिमीलाई मिलोस’को गीतको भिडियोलाई सार्वजनिक गरिएको थोरै समयमै रुचाइएको छ । यस गीतलाई युट्युबमा एक करोड १६ लाखभन्दा बढी हेरिसकिएको छ ।
‘आँशुको अर्थ’गीतलाई दर्शक तथा श्रोताले मन पराएपछि गायक परियारले ‘आँशुको अर्थ–२’ को ‘मेरो भागको खुशी तिमीलाई मिलोस्’को भिडियो सार्वजनिक गरेका हुन् । यस गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।
यस गीतको भिडियोमा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीले अभनिय गरेका छन् । अघिल्लो गीत ‘आँशुको अर्थ’मा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेका थिए ।
यस भिडियोलाई निकेश खड्काको निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको यस भिडियोलाई धमला बिकाशले सम्पादन गरेका हुन् । यस भिडियोलाई गायक परियारलेको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

Comments