असार १ गते सम्म बन्दै देबघाटका भाईरल व्यक्ति भिम बहादुर बि.क को घर, पल शाहले गरे शिलान्यास
screennepal
प्रकाशित: २०७५, १३ चैत्र बुधबार
no img

देबघाटका भाईरल व्यक्ति भिम बहादुर बि.क को घर लोकप्रिय नायक पल शाहले शिलान्यास गरेका छन। समाजिक संजालमा भाईरल भएका भिमको ५ बर्ष अघि जलेको घर निर्माण हुन नसक्दा घर भित्रै पानी छिर्ने र रातभरि सुत्न नसक्ने अवस्था आएकाले यो आउदो बर्षात भन्दा अगाडी नै घर निर्माण गरि हस्तान्तरण गर्ने अभियान सुरु भएको हो।

समाजसेवी रन्जिता गुरुङ्गको अगुवाइमा सुरु भएको अभियानमा अमेरिका निबासी हेम थापा आर्थिक सहायता रहने र बाकी रकम सहयोगीहरु संग संकलन गरिने बताईएको छ। बैशाखको १ गतेबाट निर्माण कार्य थालनी हुने र कम्तीमा असार १ गते भन्दा अगाडी घर सम्पन्न गरि हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।

नायक पल शाहले आफुले पनि भौतिक,आर्थिक,समाजिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन। आफू समाजिक काममा सहभागी भई सहयोग गर्न पाउँदा खुशी मिल्ने उनले बताए। उनि अभिनित “वीर विक्रम २ ” जेठ ३ गतेबाट प्रदर्शनको लागि तम्तयार भएर बसेको छ जसलाई मिलन चाम्सले निर्देशन तथा निर्माण गरेका हुन् ।

Comments