महिला रेस्लरको भीडन्त हेरेपछि यसरी हौसिए अभिनेता हमाल
screennepal
प्रकाशित: २०७५, ८ चैत्र शुक्रबार
no img

रेस्लिङलाई विशेषगरी इन्टरटेनमेन्ट खेलका रुपमा चिनिन्छ । तैमाथि महिला रेस्लिङको त कुरै नगरौ“ । डब्लुडब्लुईमा महिला रेस्लरहरुको भीडन्त हेरेर रोमाञ्चित हुने नेपाली दर्शकले पछिल्लो समय नेपालमै प्रत्यक्ष हेर्न पाउने थालेका छन् ।
यस्तै, होलीको अवसरमा राजधानीको भृकुटीमण्डपमा महिला रेस्लरहरुको महाभिडन्त भयो । ‘महिला रोयल रम्बल म्याच’को भीडन्त देखेर नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमाल समेत जोसिए । अतिथिका रुपमा त्यहाँ पुगेका अभिनेता हमाल रिङभित्रै छिरेर रेस्लर आकृति पुनलाई झुरुक्क उचाले । अभिनेता हमालले आकृतिको त्यसरीको उचाल्नुको कारण हौसिनु नै हो । जुरुक्कै उचालेपछि हमालले आकृतिलाई बधाई तथा शुभकामना पनि दिए । बुधबारको खेलमा भगवती खड्का (युनिका) च्याम्पियन भइन् । तर, हमालले सबै रेस्लहरुलाई बधाई दिए ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनले आयोजना गरको कार्यक्रममा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्ती मगर, लीला उप्रेती, सविना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए । जसमा भगवतीले ट्रिपल थ्रेटको प्रतिस्पर्धा गरेकी थिइन् । आकृति र सविनाले पनि उक्त प्रतिस्पर्धामा भाग लिएका थिए ।


प्रतियोगितामा महिला वन भर्सेज वनमा जमुनाले गीतालाई पराजित गरिन् । महिलाकै अर्को वन भर्सेज वनमा लक्ष्मी घर्ती मगरले लीलालाई हराइन् ।
त्यस्तै भारतीय र नेपाली रेस्लरबीचको पुरुष वन भर्सेज वनमा भारतका प्रिन्स वंशीले नेपालका बाबु साहेबलाई पाखा लगाएका थिए । सम्पूर्ण खेलको निर्णायकमा गुणराज रुचाल रहेका थिए । अन्त्यमा विजेताहरुलाई अभिनेता हमालले पुरस्कृत गरेका थिए ।

Comments