रुकमानको ‘डियर लभ’ : एक प्रेमकथा (टिजरसहित)
screennepal
प्रकाशित: २०७५, १ चैत्र शुक्रबार
no img

नेपाली वेभ सिरिज ‘डियर लभ’को टिजर सार्वजनिक भएको छ । रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतीमा गायक रुकमान लिम्बुको निर्माण रहेको ‘डियर लभ’ विशुद्ध प्रेमकथामा आधारित वेभ सिरिज हो ।
सवा मिनेटको टिजरलाई हेर्ने हो भने पनि ‘डियर लभ’ प्रेमकथामा आधारित छ भन्नलाई गाह्रो हुन्न । ‘डियर लभ’मा विशेषगरी पछिल्लो समय युवापुस्तामा देखिएको प्रेमप्रतिको यस्तो आशक्तिलाई समेटिएको पाइन्छ ।
रुकमान लिम्बूको निर्माण र विवेक रसाइँलीको कथा तथा निर्देशन रहेको ‘डियर लभ’मा अधिकांश नयाँ कलाकारलाई देख्न सकिन्छ । तर, कला र अभिनयका अधारमा उनीहरु पोख्त देखिएका छन् । ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरालगायतका कलाकारले अभिनय गरेका छन् ।

स्क्रिन–प्ले तथा सम्वाद रविन बोगटीको रहेको ‘डियर लभ’मा रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको ‘डियर लभ’ हाल निर्माण भइरहेका नेपाली फिल्मकै क्वालिटीमा छ । कथावस्तु मात्र नभएर छायांकन र निर्देशनको स्तरसमेत फिचर फिल्मकै शैलीमा छ । आफ्नो पहिलो वेभ सिरिज भएकाले निर्माण तथा प्राविधिकमा कुनै कन्जुस्याइँ नगरेको निर्माता रुकमान लिम्बूले बताए ।
पछिल्लो समय अनलाइन डिजिटल मिडियाको लोकप्रियतासँगै बलिउडमा वेभ सिरिजको ट्रेण्ड चलेको छ । तर, नेपालमा भने खाशै वेभ सिरिज बन्ने गरेको छ्रैन । केही बन्ने गरेपनि प्राविधिकरुपमा स्तरहिन छन् । तर, यसैबेला ‘डियर लभ’ निर्माण भएको छ । ‘डियर लभ’लाई दर्शकले रुचाउँछन् भन्नेमा निर्माणपक्ष विश्वस्त छन् ।

Comments