जानु काङबाङलाई ‘गाउँघरको याद…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २८ फाल्गुन मंगलवार
no img

गीतकार एवं साहित्यकार जानु काम्बाङको पछिल्लो ‘गाउघरको याद आउँछ’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोलाई यु–ट्यबमार्फत सार्वजनिक गरिएको हो ।
प्रवासमा बसेर पनि गीति लेखनसँगै विभिन्न साहित्य विधामा कमल चलाउँदै आएकी काङबाङको सार्वजनिक गीतमा सुरेन ताम्लिङ लिम्बुको स्वर, राजशुक्र लिम्बुको संगीत र रोशन वान्तावा राईको संगीत संयोजन रहेको छ । लोकेन साँवा लिम्बूले निर्देशन गरेको यस भिडियोमा गायक सुरेनसँगै पूर्वमिस लिम्बू सानु नेम्बाङले अभिनय गरेका छन् । यस भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।
गीतसंगीतका अलावा साहित्य र पत्रकारितामार्फत आफूलाई परिचित गराएकी काङबाङको ‘अनुभव’ र ‘जानु’जस्ता सोलो गीती एल्बम तथा ‘शिविरमा ईश्वर’ कविता संग्रह र ‘नउघ्रेको जुन’ कथासंग्रह प्रकाशन भइसकेका छन् ।

https://www.youtube.com/watch?v=E1Y6OizkUzs
Comments