‘मिस इको’ भिड्न गौचन इजिप्ट उडिन्
screennepal
प्रकाशित: २०७५, २८ फाल्गुन मंगलवार
no img

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल–२०१९’मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन् । मंगलबारबाटै सुरु हुने प्रतियोगिताका लागि उनी इजिप्ट उडेकी छन् ।
६० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिता लागि यो सिजनको उनी एक्लो प्रतिनिधि हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल–२०१९’को ताज लगाउँदै प्रतिनिधि चयन गरेको थियो ।


गौचन नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र गतबर्ष मौनता लामाले भाग लिएका थिए । करिब दुई दर्जन आकर्षक पहिरनसहित उनी प्रतियोगीतामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाले जनाएको छ ।
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ‘मिस इको’ राम्रो प्लेटफर्म भएको गौचले बताइन् । ‘नेपाली ड्रेस र देशमा रहेको सांस्कृतिक र प्रर्यटकिय स्थानको पहिचानसहितको डकुमेन्ट्री लिएर आफु प्रतियोगितामा सहभागी हुन लागेको उनले बताइन् ।
प्रतियोगिताको शिर्ष उपाधि नेपाल भित्र्याउने बिश्वासका साथ गौचनलाई आफुले इजिप्ट पठाएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् ।

Comments