‘महिनावारी स्वच्छता दूत’ बने यी जोडी
screennepal
प्रकाशित: २०७५, १४ फाल्गुन मंगलवार
no img

खानेपानी मन्त्रालयले महिनावारी हुँदा भोग्नुपरेको समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई ‘महिनावारी स्वच्छता दूत’ नियुक्त गरेको छ ।
मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमतिअनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो । खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गर्दै दुवैलाई पत्र हस्तान्तरण गरिन् । महिनावारीका सम्बन्धमा आममानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो ।


मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिइन् । उनले महिनावारी भएका महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताएकी छन् ।
मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताए । मन्त्रालयका तर्फबाट यो अभियान सफल बनाउन कुनै कसर बाँकी नराख्ने सचिव शर्माको भनाइ छ ।
अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँठाउँमा खटेर आफैँ लागिपर्ने प्रतिबद्धता जनाएका छन् । । पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् ।

Comments