‘तिमी र म’ भन्दै अनुपविक्रम र सन्दिपाको रोमान्स (भिडियो)
screennepal
प्रकाशित: २०७५, १० फाल्गुन शुक्रबार
no img

नेपाली चलचित्र ‘कप्स’को पहिलो गीत ‘तिमी र म’ रिलिज गरिएको छ । गीत रिलिजसँगै चलचित्र प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी २७ बैशाखबाट देशव्यापी सिनेमा हलमा आउने भएको छ ।
बिजय घिमिरे र नितु गुरुङको स्वरमा रहेको यो गीतको शब्द र संगीत बिजय घिमिरेको हो । गीतलाई युरोपियन मुलुक साईप्रसको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको हो । सुसन प्र्र्रजापतिले खिचेको यो गीतको भिडियोमा निकै आकर्षक बनेको छ ।
यो रोमान्टिक गीतमा कप्सका अभिनेता अनुपबिक्रम शाही र अभिनेत्री सन्दिपा लिम्बुको रोमान्स समेटिएको छ । यसका निर्देशक सम्र्राट सापकोटाले गीतलाई भिजुअलको रुपमा सुन्दर बनाउन नै साईप्रस पुगेर त्यहाँको सुन्दर र ऐतिहासिक स्थलमा छायाँकन गरिएको गीत रिलिज कार्यक्रममा बताए ।
बिपिन घिमिरेको सम्पादन रहेको कप्सको यो गीतको कोरियोग्र्र्र्र्र्राफी शिषिर खातीले गरेका हुन् । यो चलचित्रलाई सम्राट सापकोटा र राम शाक्यले सँयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई राम्रो बनाउन आफुले लगानीमा कुनै सम्झौता नगरेको निर्माता शाक्यले बताए ।
यो फिल्ममा अनुपबिक्रम र सन्दिपासँगै अमित गिरी, राजाराम क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठसहितको अभिनय छ ।

Comments