भ्यालेनटाइन–डेमा निलमले दिइन् गोर्खालीकी छोरी (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २ फाल्गुन बिहीबार
no img

संगीतकार तथा गायिका निलम रोजु राई गीतमा प्रेमभाव मात्र पोख्दिनन् । उनी आफ्ना प्रायः गीतमा नेपाली मौलिकता र पहिचानलाई पनि उजागर गर्छिन् । कहिले उनी ढाका टोपीबारे गीत बनाउँछिन् त कहिले गून्यचोलीको कुरा गर्छिन् । यस्तै, निलमले आफ्नो पछिल्लो गीत सार्वजनिक गरेकी छन्, जसमा गोर्खालीको प्रशंग उठाएकी छन् ।

Neelam Roju Rai

१४ फेब्रुअरी अर्थात भ्यालेनटाइन्स–डेको अवसरमा बिहीबार सार्वजनिक गरिएको ‘गोर्खालीकी छोरी हुँ म’ मा गायिका तथा मोडल बबिना किरातीले स्वर दिएकी छन् । नारायण विष्टको शब्दरचना रहेको यस गीतमा बबिनाको रकिङ स्वर सुनिएको छ ।
संगीतकार निलम गीत पनि गाउँछिन् । त्यसैले गायिका पनि मानिन्छिन् । उनले प्रायः सुगमसंगीत सिर्जना गरेको पाइन्छ । तर, यसपटक भने उनले आफ्नो संगीत पपमा ढालेकी छन् । उनको पप कम्पोजिशन निकै राम्रो छ । ‘गोर्खालीकी छोरी हुँ म’ बोलको यो गीतको संगीत कम्पोजिशन पुरानो शैलीको छ । यो पपशैली ५० र ६० को दशक बीचमा खुबै चल्थ्यो । तर, भनिन्छ, फेसन घुमिफिरी फर्किन्छ । त्यस्तै संगीत पनि ।
त्यस्तै, यो गीतको भाव र संगीत कम्पोजिशनले अहिले ठ्याक्कै मेल खाएको छ । यो गीतलाई अहिलेका दर्शक तथा श्रोताले रुचाउँने छन् भन्नेमा दुईमत छ्रैन । तर, प्रमोशनको भने आवश्यक छ ।
‘गोर्खालीकी छोरी हुँ म’ गीतले नेपालीको पहिचान पक्कै झल्काएको छ किनकि, गोर्खाली भन्ने वित्तिकै बीर नेपालीको संज्ञा दिन्छ । तर, यस गीतले मानवीय तथा आपसी प्रेम पनि झल्काएको छ । यस गीतको भिडियोमा गायिका बबिना नै फिर्चड छिन् ।

Comments