प्रणय सुत्रमा बाँधिए वर्षा र संजोग
screennepal
प्रकाशित: २०७५, २ फाल्गुन बिहीबार
no img

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला मित्रता, प्रेम हुँदै प्रणय सुत्रमा बाँधिएका छन् । पछिल्लो समयकी चर्चित अभिनेत्री वर्षा र संजोगले १४ फेबु्रअरी अर्थात प्रणय दिवशकै अवसर पारेर बिहीबार औपचारिक रुपमा विवाह बन्धनमा बाँधिएका हुन्
वर्षा र संजोगले राजधानीको पाँचतारे होटर्ल याडिसनमा दुवैतर्फका परिवारको उपस्थितिमा हिन्दू परम्पराअनुसार विवाह भइरहेको छ । दुईको विवाहको तस्बिर ‘फोटोपसल’ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।
वर्षा र संजोग लामो समयदेखि प्रेममा थिए । प्रेममा हुनअघि उनीहरु कुसल साथी थिए । तर, बिहीबार आजबाट वर्षा र संजोग जीवनसाथी भएका छन् ।


उनीहरु ११ फेब्रुअरी अर्थात उनीहरु ११ फेब्रुअरी अर्थात ‘प्रमिस डे’मा इन्गेजमेन्ट गरेर विवाहको औपचारिक घोषणा गरेका थिए । त्यससँगै उनीहरुले सामाजिक संजाल फेसबुकमा बिवाहको निमन्त्रणा कार्ड सार्वजनिक गरे ।
वर्षा र संजोग ६ बर्षअघि निर्माण भएको फिल्म ‘सरी ल’को अडिसनमा भेटिएका थिए । त्यो फिल्मको अडिसन नै उनीको प्रेमको संयोग बन्न पुगेको थियो । विवाहपछि पनि फिल्मी करिअरलाई बगाडि बढाउने वर्षाले बताएकी छन् ।

Comments