प्रेम जोडीलाई अञ्जुको धेरै माया (भिडियो)
screennepal
प्रकाशित: २०७५, २ फाल्गुन बिहीबार
no img

प्रेम जोडीलाई लक्षित गर्दै गायिका अञ्जु अन्तको नयाँ गीत तथा भिडियो ‘धेरै माया’ सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र बिकास लामिछाने फिचर्ड छन् । भिडियोमा यी जोडीको गहिरो प्रेम देखाइएको छ ।
हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीतकार शिशिर र अन्जु पन्तले स्वर दिएका छन् । सगरमाथा म्युजिक प्रालिले बजारमा ल्याएको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा निरोज श्रेष्ठको छायाँकन, अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन समावेश छ ।

Comments