सन्ध्यालाई उपाधिसहित ५० हजार
screennepal
प्रकाशित: २०७५, २७ माघ आईतवार
no img

‘सुपर प्लस साइज मोडल नेपाल २०१९’ को उपाधि सन्ध्या केसीले जितेकी छन् । उनले शीर्ष ताजसँगै ५० हजार रुपैंयाँ र विभिन्न उपहारसँगै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टप अफ द वल्र्ड प्लस साइज २०१९’ मा सहभागिताको अवसर पाएकी छन् ।
प्रतियोगितामा नेहा गिरी ‘फस्र्ट रनर अप’ हुँदा उनले ३० हजार रुपैंयाँसँगै ‘वल्र्ड टप प्लस साइज २०१९’मा सहभागिताको अवसर पाइन् । त्यस्तै आशा चौधरीले ‘सेकेन्ड रनर अप’ सँगै २० हजार रुपैयाँ पाइन् ।
ओमानियाको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरूको लागि मोडल सङ्स नेपालले आयोजना प्रतियोगितामा नेपाल महिला च्याम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ प्रमुख अतिथि थिइन् । प्रतियोगितामा गायक सिताराम पोखरेल, अभिनेत्री सुष्मा कार्की, नायक तथा कोरियोग्राफर गजित बिष्ट, सौन्दर्य व्यवसायी रेखा मोदी मित्रुका, निर्देशक योगेश घिमिरे र समाजसेवी तथा महिला व्यवसायी शर्मिला सुब्बा निर्णायक थिए ।
आयोजक संस्थाकी प्रियंका बोथ्राले मोटोपनका कारण निराश भई बसेका महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइन् ।
प्रतियोगीहरूलाई सपना राई र आरती प्रधानले एक महिनासम्म शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए । संस्थाका प्रबन्ध निर्देशक डेभिलसिंह राजपुतले अधिकांश सौन्दर्य प्रतियोगिताले अविवाहित र पातलो शारीरिक बनावट भएकालाई मात्र स्थान दिँदै आएकोमा शारीरिक रूपमा मोटा र विवाहित महिलालाई आफुहरूले स्थान दिएको बताए ।

Comments