अष्टनारायणमा देखाइयो ‘प्रङ्ना’
screennepal
प्रकाशित: २०७५, २७ माघ आईतवार
no img

तामाङ भाषाको कथानक चलचित्र ‘प्रङ्ना’को विशेष च्यारिटी शो गरिएको छ । ल्होछारको अवसर पारेर आइतबार राजधानीको माछापोखरीस्थित अष्टनारायण हलमा चलचित्र ‘प्रङ्ना’ देखाइएको हो ।
पूर्वगृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आथित्यमा आयोजित विशेष प्रदर्शनीमा पुर्वकानुन तथा राज्यमन्त्री पशुराम तामाङलगायत विभिन्न कलाकारको सहभागितो थियो ।
तामाङ भाषा फिल्मका अभिनेता तथा मोडल समेत रहेका राजकिङ वाईबा निर्देशित ‘प्रङ्ना’मा करिब २४० वर्षअघि तामाङ समुदायमा रहेको गरिबीलाई चित्रण गरिएको छ ।


गायिका छिमी मम्बा तामाङको कथा तथा निर्माण रहेको यस चलचित्रलाई रसुवा, धादिङ र नुवाकोट आसपासमा छायांकन गरिएको हो । ‘प्रङ्ना’ले सिंगो तामाङ समुदायलाई विश्वभर चिनाउन मद्दत गर्ने निर्देशक वाइबाले दाबी गरेका छन् ।
चलचित्रमा राजकिङ वाईबा, लिला थिङ तामाङ, जोङबा कान्छा तामाङ, बिगेन्द्र वाईबा, बनु लोप्चन तामाङ, सोनी वाईबा, बुद्धिमान तामाङ, गोपाल घले, पुष्प वाईबा, बिना घले, विजय मम्बा, रेसा तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।

Comments