चारखोले शिशिरको ‘नाना हाउ’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २६ माघ शनिबार
no img

गायक, संगीतकार तथा गीतकार चारखोले शिशिर पुर्वेली लोकभाकासहित श्रोता एवं दर्शकमाझ आएका छन् । चारखोले शिशिरले आफ्नो पछिल्लो गीत तथा भिडियोलाई ‘नाना हाउ’ यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् । निकै मिठो यस पुर्वेली लोकभाकालाई दर्शकले रुचाएका छन् ।
सार्वजनिक गीतमा गायक शिशिरकै शब्द र संगीत रहेको छ । खगेन्द्र पन्धाक लिम्बूले निर्देशन तथा सम्पादन गरेको यस गीतमा सुमी लिम्बू, नामहाङ चोङबाङ, ललिता थाम्सुहाङ र जितेन केरुङले अभिनय गरेका छन् । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा पुर्वेली लोकभाकाको टे«ण्ड बढ्दो छ । यसैबेला गायक चारखोले शिशिरले यो गीत सार्वजनिक गरेका हुन् ।

Comments