सुन्दर–मेलिनाको यस्तो छ ‘मास्टर प्लान’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १५ माघ मंगलवार
no img

गायक सुन्दर भीकेटी ‘क्यालेण्डर’पछि ‘मास्टर प्लान’सहित सांगीतिक क्षेत्रमा देखिएका छन् । सार्वजनिक ‘मास्टर प्लान’ बोलको गीतमा सुन्दरसँगै अहिलेकी चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । जुन गीत सार्वजनिक गरिएसँगै चर्चामा छ ।
यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेको डान्स क्रियु कार्टुन क्रुलाई फिचरिङ गरिएको छ । अहिले यो गीत यु–ट्युबमा ४ नम्बर टे«ण्डिङमा छ ।
गायक सुन्दरले यसअघि ‘क्यालेण्डर’ बोलको गीत ल्याएका थिए । उक्त गीतलाई पनि दर्शक तथा श्रोताले औधी रुचाएका थिए । त्यस्तै सुन्दरको यो पछिल्लो गीत ‘मास्टर प्लान’लाई पनि दर्शक तथा श्रोताले रुचाएका छन् ।
खेमराज थापाको शब्द, शंकर थापा ‘स्माईल’को संगीत र उदयराज पौडेलको एरेन्ज रहेको ‘मास्टर प्लान’लाई रुचाइनुको कारण भिडियोको गुणास्तर पनि हो । गीतअनुसार भिडियो दमदार बनेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाइँको छायाँकन र लाक्पा डी. लामाको सम्पादन रहेको यस भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । ‘मास्टर प्लान’ रिलिजसँगै गायक सुन्दर भीकेटी नेपाली सांगीतिक क्षेत्रमा चर्चामा आएका छन् । आफ्नो पछिल्लो गीत तथा भिडियोबारे उनले भने, ‘अघिल्लो मेरो गीत ‘क्यालेण्डर’लाई जस्तै दर्शकले ‘मास्टर प्लान’लाई पनि रुचाइदिनु भएको छ । यसमा खुसी छु ।’
संख्यात्मक भन्दा गुणात्मक गीतसंगीत पस्कँदै आएका सुन्दरले भने, ‘वर्षमा एउटा या दुई वटा गीतमात्र गाउने गरेको छु । धेरै गाएरमात्र के गर्नु, दर्शक तथा श्रोताको रोजाइमा पनि त पर्नु सक्नु प¥यो ।’ गत वर्ष रिलिज भएको सुन्दरको ‘क्यालेन्डर’ले यु–ट्युबमा १ करोडभन्दा भ्युअर्स पाइसकेको छ । यसैबेला उनले ‘मास्टर प्लान’ ल्याएका हुन् ।

Comments