तिम्रो सपना पूरा हुनेछ ! हार्दिक श्रद्धाञ्जली रोशन…
screennepal
प्रकाशित: २०७५, १३ माघ आईतवार
no img
  • एमपी सुब्बा

भनिन्छ, कच्चा चोला । मानव शरीर कतिखेर के हुन्छ ? थाहा हुन्न तर, मान्छेले धर्ति छाड्नुअघि केही संकेत गर्छ भन्ने पुरातन भनाइ छ ।
यस्तै, कुसल युवा छायाँकार तथा सञ्चारकर्मी रोशन आङबुङ (पेन्द्र)को आज आइतबार एकाएक सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा असमयिकको खबर छायो । यो दुखद् समाचार बनाइरहँदा पुरातन भनाइको सार पुष्टि भएजस्तै लाग्यो किनकि रोशनले हङकङकै अस्पतालको बेडबाट केही दिनअघि स्टाटस पोस्ट गरेका थिए, ‘सपना पूरा नहुने भयो ।’
साह्रै दुखद् खबर । हो, अब हामीमाझ कुसल छायाँकार, कलाकार तथा एक सञ्चारकर्मी रोशन आङबुङ रहेनन् । उनी हङकङस्थित एक अस्पतालमा उपरचारकै क्रममा आफ्ना सारा सपना अधुरो बनाएर यो धर्तीबाट बिदा भएका छन् ।
केही महिनाअघि एक कार्यक्रमको सिलसिलामा हङकङ पुगेका रोशन नेपाल फर्केर आउने बाटो हेर्दा हेर्दै धर्तीबाटै बिदा भएका छन् । हङकङमा रहेका रोशनका निकट एक मित्रका अनुसार रोशनलाई सामान्य ढाडको समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।
करिब एक महिनाको अस्पताल बसाइँकै क्रममा उनी आफ्नो चाहना र उद्देश्यलाई कसरी पूरा गर्ने भन्ने सोच थिए । तर, आज उनी संसारिक दुनियाँबाटै टाढा भएका छन् । केवल टाढा ।
सामाजिक सञ्जाल फेसबुकमा रोशनप्रतिको अप्रत्यासित स्टाटसहरु एकाएक आइरहँदा उनका सपना र चाहनाका मथिंगलहरु स्मरणमा आए । उनी भन्थे, ‘नेपाली मिडियामा नयाँ धार र नयाँ कदम चाल्नु आवश्यक छ । म अहिले त्यही उद्देश्य पूरा गर्न लागिरहेको छु ।’
उनी हङकङ यात्रामा निस्किनु दुई साताअघि मात्र नयाँ क्यामेरा खरिद गरेर आफ्नो काम र उद्देश्यमा लम्किने बताएका थिए । तर, आज त्योदिन एउटा स्मरणको बनेको छ भने रोशनका सपना र उद्देश्यहरु सपनारुपी बनेको छ । तर, एक कुसल र महानको व्यक्तिको सोच सधै जिवित रहन्छ भन्ने भनाइ छ । सायद उ नभए पनि । त्यसैले आज रोशन यो संसारिक दुनियाँबाट बिदा भएपनि उनका सपना र अधरबिचार तथा उद्देश्यहरु पूरा भएरै छाड्ने छ । दिवंगत रोशनप्रति हार्दिक श्रद्धाञ्जली ।

Comments