शान्तिलाई उपाधिसहित स्कुटी र ५० हजार
screennepal
प्रकाशित: २०७५, १३ माघ आईतवार
no img

धुम्बाराहीकी शान्ति लिम्बू यस वर्षकी ‘मिसेस ब्यूटि क्वीन’ बनेकी छन् । सिजन मिडियाद्वारा शनिबार राजधानीमा आयोजित प्रतियोगितामा २९ वर्षीया शान्तिले उपाधि जितेृकी हुन् ।
कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा २२ जना प्रतियोगी थिए । ती प्रतियोगीलाई पछि पार्दै विजेता बनेकी शान्तिले ‘पर्सनालिटी अवार्ड’समेत पाइन् ।
विवाहित महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगिताको दोस्रो संस्करणमा उत्कृष्ट १० प्रतियोगीलाई तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन् ? भन्ने निर्णायकले सोधेको शान्तिले भने, ‘मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ ।’ उनी त्यही जवाफले ताज पहिरिनु सफल भएकी हुन् । उनले ताजसँगै नगद ५० हजार र स्कुटरसहित दुबई यात्राको दोहोरो हवाई टिकट प्राप्त गरेकी छन् ।

प्रतियोगितामा काठमाडौँ ज्ञानेश्वरकी ३० वर्षीया मनिशा विमली फष्ट रनरअप र काठमाडौं सानो भ¥याङकी ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनरअप भए । उनीहरुले क्रमशः नगद ३० हजारसहित वासिङ मेसिन र दुबईका लागि हवाई टिकट तथा नगद २० हजार र भ्याकुम क्लिनर तथा दुबईको दोहोरो हवाई टिकट प्राप्त गरेका छन् । प्रतियोगितामा पूजा रसाईलीले ब्यूटिफूल अर्वाड, शोभा गिरीले कन्फिडेन्ट अवार्ड र सुस्मिता गिरिले एन्जल हर्ट अवार्ड पाए ।

Comments