मिलन नेवारको ‘मिलन यात्रा’ सार्वजनिक (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, ११ माघ शुक्रबार
no img

– फोटो : आशिष राना

चर्चित पाश्र्वगायिका मिलन नेवार अमात्य ‘मिलन यात्रा’ नामक लिएर दर्शक तथा श्रोतामाझ आएकी छन् । मिलनको यस चौथो एकल एल्बमलाई शुक्रबार राजधानीमा एक समारोहबीच गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरे । एल्बम सार्वजनिक गरेपछि गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीतसंगीत पौरखी भएको सार व्यक्त गरेका थिए ।


गायिका मिलनले आफ्नो जन्मदिनको अवसर पारेर ‘मिलन यात्रा’ सार्वजनिक गरेकी हुन् । आफ्ना बाबु गणेश श्रेष्ठ नेवार र आमा अम्बिका श्रेष्ठ नेवारलाई अगाडि साँची राखेर मिलनले आफ्नो ‘मिलन यात्रा’ सार्वजनिक गरेकी हुन् । एल्बम ‘मिलन यात्रा’ को सार्वजनिक कार्यक्रम भएपनि मिलनले उक्त कार्यक्रममार्फत आफूलाई समाजसेवामा सक्रिय गराउने प्रण समेत गरेकी छन् । उनले आफूलाई समाजसेवामा सक्रिय गराउने प्रण समेत गरेकी छन् । उनले ‘मिलन च्यारिटी फाउण्डेश’को घोषणा गर्दै ‘सिंगिङ फर सोइटी’ नारासहित आफूलाई समाजसेवामा समाहित गर्ने प्रतिवद्धता जनाएकी छन् । साथै अबका दिनमा आफूलाई मिलन नेवारका रुपमा अगाडि बढाउने समेत जनाएकी छन् ।


बाक्लो संगीतकर्मी र पत्रकारमाझ एल्बम सार्वजनिक कार्यक्रममा बाल्दै मिलनले आफू नेपाल र संगीतप्रति सदैव समाहित भई अग्रसर हुने पनि बताइन् । औपचारिक कार्यक्रम हुन अघि ‘मिलन यात्रा’ ‘नेपाल नै नरहे नेपाली’ बोलको गीत प्रस्तुत गरेकी थिइन् ।


कार्यक्रममा ‘मिलन–२’को मन रेशम बोलको भिडियो स्क्रिनिङ गरिएको थियो । उक्त गीतमा मिलन र कमल खत्रीले स्वर दिएका छन् । उक्त भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् । भिडियोमा मिलन र कमलले नै अभिनय गरेका छन् ।
सार्वजनिक एल्बममा सात वटा गीत समावेश रहेका छन् । जसमा राजु सिंहको संगीत रहेको छ । कार्यक्रममा बरिष्ठ दीप श्रेष्ठ, गुरुदेव कामद, गीतकार राजेन्द्र थापा, सत्य–स्वरुप आचार्यलगायतका चर्चित कलाकारहरुको सहभागिता रहेको थियो ।

Comments