९१औंँ ओस्कर नोमिनेशन सार्वजनिक (यस्तो छ सुचि)
screennepal
प्रकाशित: २०७५, ९ माघ बुधबार
no img

लस एन्जलस, (एजेन्सी) । फिल्मी दुनियाँको सबैभन्दा गरिमायमय मानिने ओस्कारको ९१औं एकेडेमिक अवार्डका लागि उत्कृष्ट प्रतिष्पर्धी छनोट सार्वजनिक गरिएको छ ।
अवार्डका लागि उत्कृष्ट प्रतिष्पर्धी फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिनप्ले, सिनेमाटोग्राफीलगायत कलाकारहरुको नाम घोषणा भएको छ । यही आउँदो २४ फेब्रुअरीमा लस एञ्जलसमा हुने अवार्डका लागि उत्कृष्ट फिल्ममा ‘ब्ल्याक क्ल्यान्सम्यान’, ‘ब्ल्याक प्यान्थर’, ‘बोहेमियन र्याप्सोडी’, ‘द फेबराइट’, ‘ग्रीन बुक’, ‘रोमा’, ‘अ स्टार इज बर्न’ र ‘भाईस’ प्रतिस्पर्धा गर्दैछन् ।
त्यस्तै, यसपटक अल्फोन्सो क्वारोन (रोमा), स्पाइक ली (ब्ल्याक क्लान्सम्यान), एडम म्याक्की (भाईस), पावेल पलिकोक्सी (कोल्ड वार) र योर्गोस ल्यान्थिमोस (द फेबराइट)बाट एक जनाले उत्कृष्ट निर्देशकको अवार्ड पाउनेछन् ।


यस्तै, उत्कृष्ट अभिनेत्रीमा युलित्जा अपरिसियो (रोमा), ग्लेन क्लोज (द वाईफ), ओलिभिया कोलम्यान (द फेभराइट), लेडी गागा (स्टार इज बर्न) र मेलिसा म्याक्कार्थी (क्यान यू इभर फरगीभ मी ?) छनोट भएका छन् । अभिनेता तर्फ भने क्रिश्चियन बेल (भाईस), ब्राड्ली कुपर (स्टार इज बर्न), विलियम डाफो (एट इटर्निटीज गेट), रमी मलेक (बोहेमियन र्याप्सोडी) र भिगो मर्टेन्सेन (ग्रीन बुक) भीड्दैछन् ।
अवार्डमा उत्कृष्ट स्क्रिनप्ले, उत्कृष्ट सिनेमाटोग्राफी, उत्कृष्ट विदेशी भाषी फिल्मका लागि पनि भिडन्त हुनेछ । उत्कृष्ट भाषी फिल्मका लागि क्यापरनम (लेबनन), कोल्ड वार (पोल्यान्ड), नेभर लुक अवे (जर्मनी), रोमा (मेक्सिको) र सप्लिफ्टर्स (जापान)को फिल्मले प्रतिस्पर्धा गर्दैछन् ।

Comments