बालगायिका जिग्मे ‘मिस नेपाल जुनियर’ भिड्दै
screennepal
प्रकाशित: २०७५, ६ माघ आईतवार
no img

काठमाडौं । चर्चित बालगायिका जिग्मे छ्योकी घिसिङ अर्को उपाधि जित्ने तरखरमा छिन् । ब्लकबस्टर गीत ‘तिम्ले बाटो फेरेउ अरे’को बाल भर्सन गाएर चर्चामा आएकी जिग्मे यतिखेर ‘मिस नेपाल जुनियर–२०१९’ मा प्रतिस्पर्धा गर्दैछिन् । जुन कार्यक्रमको ग्राण्ड फिनाले सोमबार राजधानीमा हुँदैछ ।
जिग्मेले केही दिनअघि मात्र ‘हाम्रो साना आँखा’ बोलको बाल गीत ल्याएकी थिइन् । उक्त गीतको भिडियोले चर्चा पाइरहेकै बेला जिग्मे भने ‘मिस नेपाल जुनियर’ बन्ने दाउतिर लागेकी हुन् । जिग्मेको प्रतियोगी नं १८ रहेको छ । यी प्रतिभाशाली बाल गायिकालाई ‘मिस नेपाल जुनियर’ बनेको देख्न चाहनेले उनलाई भोटिङ गर्न सक्नेछन् । जिग्मेलाई भोट गर्नका लागि आफ्नो मोबाइलको एसएमएस बक्समा गएर NMJ टाइपप गर्ने अनि स्पेश दिएर प्रतियोगी नम्बर लेखेपछि 33001 मा सेन्ड गर्ने । यो प्रतियोगिता जिजिभिषा स्टुडियोले गरेको हो ।

Comments