भोला अब संगीतकार पनि (भिडियोसहित )
screennepal
प्रकाशित: २०७५, २ माघ बुधबार
no img

पछिल्लो केही समययता कलासम्बन्धी कलम चलाउने पत्रकारहरु अभिनय र निर्देशनमा पनि व्यस्त हुन थालेका छन् । कला पत्रकारहरु यहाँ कोही निर्देशक बनेका छन् भने कोही चाहिँ मोडल । यस्तै रंगकर्मी समेत रहेका पत्रकार भोला अधिकारी मोडलिङमा पनि छाउन थालेका छन् ।
गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियोमा भोला देखिाएका छन् । बासुदेवको ‘म त मरेको मान्छे’ गीतको म्युजिक भिडियोमा पत्रकार भोलासँगै सुकदेव घिमिरे र रोजी श्रेष्ठले अभिनय गरेका छन् । यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेका भोलाको अभिनयमा निकै खारिएको छ । यस भिडियोलाई जेशिका इन्टरटेन्टमेन्टले पोष्ट प्रोडक्सन गरेको हो भने बुढासुब्बा डिजिटलले बजारमा ल्याएको हो ।
सार्वजनिक गीतमा बासुदेव घिमिरेको शब्द, भोला अधिकारी स्वयकै संगीत रहेको छ भने स्वर रबिन अधिकारीको रहेको । संगीत संयोजन केबी भण्डारीले गरेको यस गीतको भिडियोलाई निर्देशन सोनु कुमारले गरेका हुन् । भिडियोमा छायांकन जनकराज अधिकारी र सम्पादन राज कार्कीको रहेको छ ।

Comments