वर्षा राउतको विवाह निम्तो
screennepal
प्रकाशित: २०७५, १ माघ मंगलवार
no img

आउँदो यो भ्यालेन्टाइन डे अर्थात १४ फेब्रुअरीमा अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइराला वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसका लागि वर्षाले विवाह निम्तो समेत बाँडिसकेकी छन् ।
वर्षा र संयोग केही वर्षयता प्रेम सम्बन्ध थिए । उनीहरुले आफ्नो प्रेमलाई पूर्णता दिँदै प्रेम दिवश अर्थात भ्यालेन्टाइन डेका दिन विवाह गर्न लागेका हुन् ।
अभिनेत्री बर्षाले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा आफ्नो विवाहको निमन्त्रणा कार्ड पोस्ट गर्दै विवाहको औपचारिक जानकारी गराएकी हुन् । निम्तो कार्डमा लेखिएको छ, ‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हाम्रो विवाह पनि छ ।’
१४ फेब्रवरीकै दिन आफुहरुको जीवनभरको साथ सुरु हुन लागेको खुशीयाली सबैमा बाँड्दै उनीहरुले आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनेका छन् । वर्षा पछिल्लो समयकी व्यस्त र चर्चित अभिनेत्री हुन् । म्युजिक भिडियो हुँदै उनी फिल्मी अभिनयमा प्रवेश गरेकी हुन् ।

Comments