टिका र मानवको ‘ए कान्छी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १ माघ मंगलवार
no img

गायक मानव कुलुङ मगरले बास्तविक जीवन भोगाइमा आधारित गीत ‘ए कान्छी’ गीतको भिडियो सार्वजनिक गरेका छन् । मौलिक कौडा गीतमा गायिका टिका पुन र गायक मानव कुलुङ मगरको आवाज रहेको छ ।
गीतमा आफ्नी प्रेमीकालाई छोडेर बाहिर देशमा जानु बाध्य युवाको पीडालाई समेटिएको छ । गम बयम्बु मगरको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । मुकेश हुमागाईको छायाँकन, अविनास डिसीको सम्पादन, रविन शाहको निर्देशन रहेको यस भिडियोमा सरिष्मा मगर र मानव कुलुङ मगरको अभिनय रहेको छ ।

Comments