दयालुको दुई किनार (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १ माघ मंगलवार
no img

लामो समयदेखि नेपाली गीतसंगीतमा क्रियाशिल गायक तथा संगीतकार सूर्य दयालु ‘किनार’ भन्दै आएका छन् । दयालुको स्वर र संगीतमा रहेको यो गीत मंगलबार सार्वजनिक भएको हो ।
बासु बराइलीले लेखेको यो गीतलाई गणेश चौधरी एरेन्ज गरेका हुन् । रमणीय दृश्य कैद गरिएको गीतको भिडियोमा सारा श्रेष्ठ, र जीवन भट्टराई लाई फिचरिङ् गरिएको छ । जीवन शाहीको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायाँकन, निशान घिमिरेले सम्पादन गरेका हुन् । लामो समयदेखि यो क्षेत्रमा रहेका दयालुको कर्णप्रिय स्वर सुन्न सकिन्छ यो गीतमा ।
गीतको भिडियोमा रहेकी मोडल साराले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । नेपाल बाहिर रहेर मोडलिङ गरिरहेकी उनको अभिनय शसक्त देखिएको छ यो गीतको भिडियोमा पनि । उनको र जीवनको अन स्क्रिन रोमान्सले भिडियो उत्कृष्ट बनेको देखिन्छ ।
‘दुई किनार’ गीत निकै राम्रो बनेको छ र भिडियो पनि त्यतिकै राम्रो छ, योे भिडियोलाई दर्शक÷स्रोताले मनपराई दिनु हुनेछ भन्ने विश्वास लिएको छु’, दयालुले भने । तीन सय भन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका सूर्यले थुप्रै चलचित्रका गीतमा पनि सङ्गीत दिएका छन् । नेपाली बाहेक भोजपुरी, मैथली भाषाका गीतमा उनको संगीत सुन्न सकिन्छ ।

Comments