११ माघमा दर्शकलाई ‘बैना’ मार्ने साइत
screennepal
प्रकाशित: २०७५, ३० पुष सोमबार
no img

मोडल तथा अभिनेत्री रञ्जिता लिम्बू दर्शकलाई बैना मार्न आउँदो ११ माघमा आउँदैछिन् । यी अभिनेत्री अभिनीत पछिल्लो फिल्म ‘बैना’ यही ११ माघमा रिलिज हुने भएको हो ।
फिल्म निर्माण कम्पनी लिङ्देन फिल्मस्ले राजधानीमा पत्रकार सम्मेलन गरी फिल्म रिलिजबारे जानकारी गराएको हो । यो फिल्ममा रञ्जिता र सुबाष मेचे मुख्य भूमिकामा छन् । साथै फिल्म्मा सुरबिर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, उदय सुब्बा, युमारानी लिम्बु, सन्तु मगरलगायतका कलाकारको पनि मुख्य अभिनय रहेको छ ।
यो फिल्मलाई हिमाली लिङ्देन, राजु लिङ्देन, धनबहादुर याक्सो, र बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् । यस फिल्ममा बिकाश चौधरीको संगीत, राजु किरातीको द्धन्द, कमल राईको नृत्य रहेको भने कथा, पटकथा, सम्बाद बिजय केरुङको रहेको छ । फिल्म ‘बैना’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइएको छ ।
भुपेन्द्र लिङ्देन प्रस्तुतकर्ता रहेको ‘बैना’लाई दिलप्रकाश याक्सो निर्देशन गरेका हुन् । यो फिल्म पूर्वाञ्चलका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

Comments