सिंगापुरमा हुँदै ‘मिस हेरिटेज’
screennepal
प्रकाशित: २०७५, २८ पुष शनिबार
no img

यसपटक ‘मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल–२०१९’ र ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल’ सिंगापुरमा हुने भएको छ । जसका लागि मिसेसतर्फ दुर्गा विसुराल र मिसतर्फ अदिती श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
सिंगापुरको गार्डेन सिटीमा यही आउँदो १२ फेबु्रअरीमा हुने कार्यक्रमबारे नेपालतर्फको आयोजक तथा संयोजक ई–प्लानेटले राजधानीमा एक कार्यक्रमबीच जानकारी गराएको हो । यस प्रतियोगितामा ४० देशका सुन्दरीका सहभागी रहने जनाइएको छ ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न हेरिटेज ईन्टरनेशनल नेपालको दायित्व प्राप्त ग्रिन आर्टस मिडिया प्रालिको आयोजना रहने भएको छ ।
‘मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल–२०१९’ दुर्गा विसुराल सोसीयोलोजीमा मास्टर गरेकी हुन् भने उनी विभिन्न व्यवसायमा आबद्घ छिन् । त्यस्तै, ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल–२०१९’ अदिती श्रेष्ठ सामाजिक कार्य बिषयमा नेस्फिल्द कलेजमा स्नातक तह दोस्रो वर्षमा अध्यनरत छिन् । २० वर्षीया उनी मेकअप आटिस्टसमेत हुन् । उनले अल्लर मेकअप स्टुडियोका सञ्चालन गर्दै आएकी छन् ।
यी दुवैका लागि व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमतालगायत विकास, प्रभावकारिता र स्टेज प्रस्तुतिको प्रशिक्षण र ग्रुमिङ कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी छन् ।

Comments