मन्त्री बिष्टले चासो देखाएपछि ‘गोपी’ टिम मख्ख !
screennepal
प्रकाशित: २०७५, २५ पुष बुधबार
no img

नेपाली फिल्म ‘गोपी’माथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चासो देखाएका छन् । ‘गोपी’ फिल्मको टिमसँग भेटघाट गर्दै उनले फिल्मप्रति चासो देखाएका हुन् । मन्त्री विष्टले चासो देखाएकापछि फिल्म निर्माण टिम मख्ख परेका छन् ।
सिंहदरबारस्थित आफ्नो कार्य कक्षमा मंगलबार फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेर मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले बताएका थिउ । उनले फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेनालाई भेटेका थिए ।
भेटमा मन्त्री विष्टले ‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दाएकदमै खुशीलाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्मप्रतिश्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’
मन्त्री विष्टले आफूले यदाकदा नेपालीफिल्म हेर्न गरेको भएपनिमौलिकफिल्मकमै बन्ने गरेको कुरासँगआफू अवगतभएको बताउँदै नीतिगत रुपमै मौलिक फिल्मलाई प्रवर्द्धनगर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिए ।
निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । ‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, देशमा । त्यो समूहलाई फिल्मको माध्यमबाटै भएपनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केहीगर्न खोज्ने युवाको कथाभन्ने प्रयास गरेका थियाँैं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरधोर भएपनि सफल भएको महसुस भएको छ ।’

Comments